No.1 News Portal from Sudurpashchim Province
bajaj

गृहमन्त्री भएपछि पहिलोपटक गृह प्रदेश आइपुगे लेखक, यस्तो छ कार्यतालिका

गोकुलेश्वर । गृहमन्त्री भएपछि पहिलो पटक रमेश लेखक सुदूरपश्चिम आइपुगेका छन्।

नेपाली कांग्रेसका नेता समेत रहेका लेखक गृहमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहप्रदेशको भ्रमणमा आइपुगेका हुन्। आज मंगलबार बिहान कैलालीको धनगढी आइपुगेका गृहमन्त्री लेखक तीन दिनसम्म यहाँका विभिन्न कार्यक्रम, नेपाली कांग्रेसका कार्यकर्तासँग भेटघाट तथा बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

pm office

विहान धनगढी विमानस्थमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले मुलुको पछिल्लो राजनीतिक घटनाक्रम र सुरक्षा सवालका विषयमा प्रकाश पारेका थिए। गृहमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो। गृहमन्त्री लेखक मंगलबार कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित कांग्रेस पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्ने र त्यसपछि दिउँसो बेलौरी र बेलडाँडीमा कार्यकर्तासँग भेटघाट गर्नेछन्।

गृहमन्त्री लेखक महेन्द्रनगर पुग्ने कार्यतालिकाअनुसार अपरान्ह ४ बजे कञ्चनपुर जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन एंवम् जिल्ला सुरक्षा समितिसँग छलफल गर्ने कार्यक्रम छ। बुधबार गृहमन्त्री लेखकले संघीय प्रहरी कार्यालय महेन्द्रनगरको भवन उद्घाटन गर्नेछन्। त्यसपछि नेपाली कांग्रेस कञ्चनपुर पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट तथा अन्तक्रिया गर्नेछन्।

उनले इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीको भवन उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम समेत तय गरिएको छ। त्यसपछि दोधारा चाँदनी नगरपालिका–३, ८ र १० को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेपछि गृहमन्त्री लेखक कांग्रेस दोधारा–चाँदनीको भवन उद्घाटन र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ। दोधारा चाँदनीबाट फर्किएपछि बुधबार नै मन्त्री लेखकले भीमदत्त नगरपालिकाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नेछन्।

बिहिबार बिहान महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुने गृहमन्त्री लेखक त्यसपछि शुक्लाफाँटाको झलारीमा कांग्रेस कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ। बिहान झलारीबाट कैलालीको धनगढी प्रस्थान गर्ने कार्यक्रमअनुसार त्यसपछि कैलाली जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन तथा जिल्ला सुरक्षा समितिसँग छलफल गर्नेछन्। धनगढीमा प्रहरी गण भवन तथा पेट्रोल पम्प उद्घाटन र कांग्रेस कैलालीको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट तथा अन्तक्रियापछि गृहमन्त्री लेखक बिहीबार बेलुका काठमाडौँ फर्किने कार्यक्रम तय छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.