No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरकी जानकी ब्रेन ट्युमरसंग अस्पतालमा लडदै,आर्थिक सहयोगको लागि अपिल

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका- ७ दोबाटा की ३४ वर्षिया जानकी धामी खत्रीलाई ब्रेन ट्युमरको जटिल समस्या भई भारतको निलकण्ठ हस्पिटल हल्दुवानीमा आइसियुमा राखेर उपचार भइरहेको छ ।

गत वर्ष पनी ब्रेन ट्युमरको समस्या भइ शल्यकृया गरेकि जानकीलाई पुनः समस्या देखिएर अझै शल्यकृया गर्नुपर्ने डाक्टरको सुझाव छ ।उपचारमा करिब १० लाख खर्च हुने उनका श्रीमान मोहन सिंह खत्रीले बताए ।

pm office

गत वर्ष पनी शल्यकृया गर्दा १० लाख रुपैयाँ खर्च भएको र अहिले दैनिक ५० हजार रुपैयाँ खर्च भइरहेको तथा लगत्तै पुनः शल्यकृया गर्नुपर्ने भएकाले आर्थिक अभाव भएको छ ।

देश तथा बिदेशमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गरिदिनहुन उनले अपिल गरेका छ । खत्री काशीपुर आधारभुत विद्यालय दोबाटामा कार्यरत प्रधानाध्यापक समेत हुन ।

सहयोगको लागि कुमारी बैंकमा रहेको गोबिन्द सिंह खत्रीको ०२८००१६५९४४००००१ तथा भारतको लागि करन सिंह धामीको बैंक अफ बडौदामा रहेको खाता नम्बर ४७०४०१०००१०९०५ तथा क्युआर कोडमा स्क्यान गरेर समेत सहयोग गर्न सकिने छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.