No.1 News Portal from Sudurpashchim Province
bajaj

नौगाडमा शिकार खेल्न गएका शिकारीको गोली लागेर एकको मृत्यु

गोकुलेश्वर।दार्चुलाको नौगाडमा शिकार खेल्न गएका शिकारीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो ।

pm office

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शनिवार बिहान १० बजेतिर नौगाड गाउँपालिका–१ लक्सेरीका ४५ वर्षीय जयसिंह डडालले मल्लासेली भन्ने वनमा शिकार खेल्ने क्रममा बन्दुक चलाउँदा धङ्केको गोली लागी मृत्यु भएको हो ।

धङ्केको टाउँकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ। स्थानीयका अनुसार धङ्के सोही वनमा पासा थापिरहेका थिए ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको कमाण्डमा प्रहरी टोली खटिएको छ ।गोली हान्ने जयसिंहलाई नियन्त्रणमा लिइ घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.