गोकुलेश्वर। नव गायक तथा सर्जक प्रकाश साउँदको दोस्रो लोक डेउडा गीत ‘मुखी त बिरानी भए’ सार्वजनिक भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका—९ बस्कोटमा स्व. बुबा नरेन्द्र साउँद र आमा लक्ष्मीदेवी साउँदको कोखबाट जन्मिएका प्रकाश साउँदको ‘मुखी त बिरानी भए’गीत
बिहिवार प्रकाश साउद prakash saud official युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
गीतमा स्वर प्रकाश साउँद र गायिका रेखा जोशीको रहेको छ भने शब्द तथा लय साउँदकै छ ।निक्कै मार्मिक एवंम मर्म स्पर्शी गीत रहेको गायक साउँदले बताए । यस्तै सोही गीतको म्युजिक भिडियो २,३ दिनमा बजारमा आउने उनको भनाइ छ। अभिनय साउँद र सोफी तामाङको रहेको छ ।

गीत मार्मिक एवं कारुणीक रहेको छ । यस्तै गीतमा सम्पादन भबिन्द्र तामाङ र एरेन्जर तथा मिक्सिङ भुवन प्रशाद बडूले गरेका छन् । विशेष सहयोगीमा गंगादत्त गिरी र बिष्णु प्रशाद पौडेल रहेका छन् ।
नेपालको सांगीतिक क्षेत्रमा पाइला टेकेका साउँदले यसअघि पहिलो लोक डेउडा गीत ‘मुई अभागी चेलो’ भिडियोसहित बजारमा ल्याएका थिए । सो गीतमा पनि शब्द,लय,स्वर प्रकाश साउँदकै थियो । निक्कै मार्मिक एवंम मर्म स्पशी गीतमा साँउद आफैले अभिनय गरेका थिए ।
गीतको कथामा आफ्ना स्व.आमाबुबाको सम्झनालाई चित्रण गरिएको थियो ।उक्त गीतमा आफ्ना आमाबुबाबो मायाप्रेमलाई समावेश गरिएको थियो ।आमाबुबाको मृत्युपछिको पीडा र त्यसपछिको यादलाई यस गीतमा चित्रण गर्न खोजिएको थियो ।सो गीत दर्शकहरुले अत्यधिक रुचाइएका थिए ।
अझै नयाँ शैली र मार्मिक शब्दहरु समेटेर सांगीतिक क्षेत्रको यात्रालाई निरन्तरता दिदैँ आगामी दिनहरमा थुप्रै गीतहरु बजारमा ल्याउने गायक साउँदले बताए ।



