No.1 News Portal from Sudurpashchim Province
bajaj

सबैको नजरमा भारत, पाकिस्तान महाभिडन्त

गोकुलेश्वर । जारी टी–२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।

pm office

समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ।

यस खेललाई यस विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ। जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद शुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब शुरुवात गरेको छ।

भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी–२० खेल भएका छन्। जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ। त्यस्तै टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ। त्यस्तै एक खेल अनिर्णित बनेको थियो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.