No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकबाट सोडारीले विश्वासको मत पाएका हुन् ।

pm office

प्रदेशसभामा कुल २८ सांसद उपस्थित रहेकामा सबै सांसदले सोडारीलाई विश्वासको मत दिएका हुन् । त्यस्तै, उक्त प्रस्तावको विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको छ । ५३ सदस्यीय प्रदेशसभामा २८ सांसदले पक्षमा मत दिएपछि सोडारीले विश्वासको मत पाएका हुन् ।

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका सांसदहरूले भने बैठक बहिष्कार गरेका थिए । मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया नै असंवैधानिक रहेको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

कांग्रेस र रेशम पक्षका सांसदहरू नाराबाजी गर्दै बाहिरिएपछि भएको मतदानमा सोडारीले विश्वासको मत पाएको सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.