No.1 News Portal from Sudurpashchim Province
bajaj

६ करोड बढी लगानीमा ठडियो पुर्चौडी नगरपालिकाको प्रशासकीय भवन

गोकुलेश्वर । बैतडीको पुर्चौडी नगरपालिकाको प्रशासकीय भवन निर्माण भएको छ । संघ प्रदेश र स्थानीयतहको ६ करोड ७६ लाख ६८ हजार लागतमा पाँच तले नयाँ प्रशासकीय भवन निर्माण भएको हो ।

pm office

नगरपालिकाको वडा नं ३ हाटमा लिप्ट सहितको पाँच तले सुविधा सम्पन्न प्रशासकीय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत विनोद कुमार कुँवरले जानकारी दिए । भवन निर्माण सम्पन्न पछि झ्याल ढोका र रंगरोगनका काम सकेर बाहिर पट्टीको केहि काम मात्रै बाँकी रहेको बताइएको छ ।

भवन निर्माणको ५ । ७ प्रतिशत काम मात्रै बाँकी रहेकाले हस्तान्त्रण पछि नयाँ भवनमा प्रवेश गरिने प्रमुख प्रशासकीय अधिकृत कुँवरले बताए । वाई आर कन्सट्रक्सन कञ्चनपूरले निर्माण गरेको ५ तले भवनमा २६ ओटा कोठा छन् । एक । एक कन्फ्रेन्स र मल्टिप्रपोज हल छन भने १६ ओटा शौचालय रहेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.