बझाङ। बझाङमा सिउँडी प्रजातिको ड्रागन फलको परिक्षण गरिएको छ ।
जिल्लाको भाणे र झोतामा रहेको करिब २ रोपनि जग्गमा रातो प्रजातिको ड्रागन रोपिएको छ। कृषि ज्ञान केन्द्र बझाङको वार्षिक कार्यक्रम अनुसार १० लाखको लागतमा यो परिक्षण गरिको हो ।

कृषक शुरेन्द्र कठायतको भाणे र अबस्थि एग्रिकल्चर फार्म झोतामा बुधबार परिक्षण गरिएको थियो । परिक्षणको रुपमा लगाईएको यो कार्यमा सम्पुर्ण लगानि कूषि ज्ञान केन्द्र बझाङको रहेको छ।
कन्चनपुरको एक नर्सरीबाट करिब ३७८ पिलर र ४०० बिरुवा आपुर्ति गरिएको कूषि ज्ञान बझाङका कार्यालय प्रमुख टेक बहादुर बिष्टले बताए ।
यो खेति समुद्र सतहबाट करिब ८०० मिटर उचाई रहेको क्षेत्रमा यो फल लगाउन सकिने प्राविधिकहरले सुझाव दिएका छन् ।



