No.1 News Portal from Sudurpashchim Province
bajaj

राष्ट्रियसभा उपनिर्वाचन परिणाम राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

गोकुलेश्वर। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश भएको जानकारी दिएका हुन् ।

pm office

सहप्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘धारा ८६ को उपधारा (२) को खण्ड (क) तथा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ३ को उपदफा १(घ)बमोजिमको रिक्त पदमा सोही ऐनको दफा (३) को उपदफा (२) को व्यवस्था अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम निर्वाचन आयोगबाट पेश भयो ।’यही जेठ ६ गते भएको उपनिर्वाचन (बागमती प्रदेशमा) डा.खिमलाल देवकोटा विजयी भएका थिए ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.