No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित

गोकुलेश्वरः  सुदूरपश्चिम प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाईको बैठक फेरि स्थगित भएको हो । प्रदेश सभाको पहिलो अधिवेशनको सातौँ बैठक विशेष कारणवश आज दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले सूचना मार्फत जानकारी दिएको छ ।

pm office

प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा विश्वासको मत लिने आज अन्तिम रहेको थियो । तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका कुनै पनि प्रदेश सभा सदस्य नआएपछि बैठक स्थगित भएको बताइएको छ ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिने बताउँदै आएको छ । एमाले नागरिक उन्मुक्तिलाई फकाउने कसरतमा लागेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.