No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केकाको तथ्याँङ्क संकलन गर्ने

गोकुलेश्वर। दार्चूलाको शैल्यशिखर नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्केकाहरुको विबरण संकलन गर्ने भएको छ ।

pm office

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको आदेश अनुसार नगरपालीकाले सम्पुर्ण वडा कार्यालयल भित्रका वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको एकीकरणका लागि तथ्याँङ्क संकलनको काम सुरु गर्ने भएको हो ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुको ढाँचा संलग्न गरि तथ्याँङ्क संकलन गर्न प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले सुचना मार्फत जानकारी गराएका छन्।

नगरका ९ वटै वडा कार्यालयहरुबाट तथ्याँङ्क संकलन गर्ने भएको छ । तथ्याँङ्क संकलन गरेर शैल्यशिखर नगरपालीकामा उक्त बिवरण पेस गर्न ९ वटै वडा कार्यालयहरुलाई जानकारी गराएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.