गोकुलेश्वर। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बम र गोकुलेश्वर स्थानीय व्यवसायी तथा नेता भुवनसिंह भण्डारीको पहलमा गोकुलेश्वर अस्पताललाई १० थान अक्सिजन सिलेन्डर प्रदान गरिएको छ ।

दार्चुलाको मार्मा गाउँपालिकामा माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनी अपि पावर कम्पनि लिमिटेडबाट १० थान अक्सिजन सिलेन्डर ल्याएर आज नै गोकुलेश्वर अस्पताललाई दिइएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।
कोरोनाका महामारीका कारण देशभर अक्सिजनको अभाव भईरहँदा आफूहरुले कसरी अक्सिजन सिलेन्डरको ब्यवस्था गरि अस्पताललाई उपलब्ध गराउन सकिन्छ भनि त्यता सिलेन्डर खाली पाइएको र त्यहाँबाट आफ्नै गाडी लगेर सिलेन्डर गोकुलेश्वर अस्पतालसम्म पुगाएको युवा नेता भण्डारीले सेतीकालीलाई जानकारी दिए ।
गोकुलेश्वर अस्पतालमा अक्सिजन सिलिन्डर प्राप्त भएपछि संक्रमितको उपचारमा खटिएका स्वाथ्यकर्मीसमेत उत्साहित भएका छन् । ‘हामीलाई अक्सिजन प्राप्तिले काम गर्ने मनोवल बढाएको छ,’ डाक्टर नियान अन्सारीले भने ।



