गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर स्थित गोकुलेश्वर माद्यमिक बिद्यालको बिद्यालय ब्यवस्थापन समितीको अध्यक्षमा स्थानीय उत्तरसिंह बिष्ट चयन भएका छन् ।

शिक्षा नियमावली २०७४ (पाँचौँ संसोधन) को नियम २६ को १ (क) बमोजिम बिष्टलाई अध्यक्ष पदमा मनोनित गरिएको हो ।

उक्त नियमावलीको नियम २६ (ख) बमोजिमका सदस्यहरुको मनोनयम गरी बिद्यालयको बिब्यस लाई पुर्णता दिन नगरपालिकाले आग्रह गरेको छ ।



