गोकुलेश्वर । नेपाल पत्रकार महासंघ दार्चुलाको नयाँ नेतृत्व चयन भएको छ । अध्यक्षमा लक्ष्मण सिंह धामीलाई सर्वसम्मत चयन गरिएको छ ।

उपाध्यक्षमा गणेश सिंह धामी तथा ईश्वरी बुढाथोकी, सचिवमा सुन्दर सिंह धामी, सहसचिवमा कृष्ण सिंह धामी (किरन) तथा मञ्जु तिकंरी र कोषाध्यक्षमा हरी प्रसाद जोशी चयन भएका छन् ।
यसैगरी अन्य सदस्यहरु सहित १५ सदस्यीय जिल्ला कार्य समिती चयन गरिएको छ ।



