
गोकुलेश्वर । लगातार वर्षा भएपछि दार्चुलाको बिकट ठाउँ अपी हिमाल गाउँपालिकामा स–स्याना विद्यार्थी बालबालिकाहरुलाई विद्यालय पुग्नै समस्या भएको छ । मंगलबार रातीको अबिरल वर्षाका कारण गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय मरखोलामा अध्ययनरत विद्यार्थीहरुले आवतजावत गर्ने ठुलढुङ्गी पुल बगाउँदा विद्याथीहरु जोखिम मोलेर विद्यालय जान बाध्य भएका छन् ।
मंगलबार रातीको अविरल वर्षाका कारण बाढी र पहिरोकोे जोखिम बढ्दै गएकाले सबैलाई सर्तक रहन आग्रह गरिएको छ ।



