गोकुलेश्वर। इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक राजेश शाही पुरुस्कृत भएका छन् । शाहीले शान्ति, सुरक्षा र अपराध अनुसन्धान क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो।

विस २०७७ बैशाखमा पाटन आएका शाहीले आफ्नो नेतृत्वमा जयपृथ्वी राजमार्गमा ठूलो परिमाणमा चरेश, सुर्नयामा व्यापारी हत्या, दोगडाकेदारमा सौता हत्या, रिम मन्दिरमा भएको सुन चोरीलगायतका घटनाहरूमा सफल अनुसन्धान गरी अपराधी समात्न सफल भएका थिए। शाहीको सोही कदमलाई लिएर गत बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरषोत्तम कडेँलले पुरस्कृत गरेका हुन् ।
हाल प्रहरी निरीक्षक शाहीको दार्चुला जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ। शाही केही दिनमा दार्चुला आउने तयारीमा रहेका बताए।



