गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वर प्रहरीले लागु औषध दुव्र्यसनी, साईबर क्राईम,आत्महत्या न्युनिकरण लगायत सामाजिक अपराध न्युनिकरणमा सक्रियता बढाएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत बिभिन्न विद्यालय र सार्वजिक ठाउँमा लागुऔषध दुव्र्यसनी, साईबर क्राईम, सामाजिक सञ्जालको दुरुपयोग, महिला हिंसा लगायका सामाजिक अपराध देखि लिएर सडक दुर्घटना न्यूनीकरण गर्न गोकुलेश्वरमा ट्राफिक चेकीङमा पनि कडाइ गरेको छ ।
यसै क्रममा आज ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अरुण बमको कमाण्डमा खटिएको टोलीले शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाच स्थित कृष्ण माध्यमिक विद्यालयमा लागु औषध दुव्र्यसनी, साईबर क्राईम, सामाजिक सञ्जालको दुरुपयोग, महिला हिंसा लगायका सामाजिक अपराध न्युनिकरण सम्बन्धी जनचेतानामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र खडायतको प्रमुख आतिथ्यता रहेको थियो । शिक्षक लगायत कक्षा ७,८,९ र १० मा अध्ययनरत विद्यार्थी गरि १५० जनाको सहभागितामा रहेको थियो ।



