गोकुलेश्वर। सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मनाङ मर्स्याङ्दी खेल्दैछन् ।

सङ्कटा र मनाङको खेल दिउँसो १ बजे सुरु हुनेछ । सङ्कटा दुई खेलमा ४ अङ्क जोडेर पाँचौँ स्थानमा छ । अपराजित मनाङ दुई खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ ।
यस्तै दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ । च्यासल दुई खेलमा ३ अङ्क जोडेर आठौँ स्थानमा छ भने एनआरटी दुई खेलमा १ अङ्कसहित लिगको १२औँ स्थानमा छ ।



