No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा मंसिर १७ देखि फोटोसहितको मतदाता नामावली संकलन गरिने

गोकुलेश्वर।आगामी निर्वाचनलाई लक्षित गरेर दार्चुलामा पनि फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु हुँदै छ । जिल्लाका ८ वटा  स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गरिन लागिएको हो ।

मंसिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा सञ्चालन हुने भएको छ। दुई चरणमा सञ्चालन हुने नामावली संकलन कार्य प्रत्येक पालिकामा १० दिनसम्म सञ्चालन हुने भएको छ ।

पहिलो चरणमा मंसिर १७ गतेदेखि मंसिर २६ गतेसम्म जिल्लाको व्याँस गाउँपालिका,अपिहिमाल गाउँपालिका,लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकामा सञ्चालन हुने छ।

pm office

दोस्रो चरणमा मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म मार्मा गाउँपालिका,नौगाड गाउँपालिका,मालिकार्जुन गाउँपालिका र दुहूँ गाउँपालिकामा सञ्चालन हुने निर्वाचन कार्यालयले दार्चुलाले जनाएको छ। महाकाली नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयमा मतदाता नामावली दर्ता कार्य सञ्चालन हुने भएको छ ।

बाहिरी जिल्लामा स्थायी ठेगाना रहेका व्यक्तिको समेत मंसिर १७ गतेदेखि मतदाता नामावलीको विवरण संकलन जिल्ला निर्वाचन कार्यालय दार्चुलाबाट गरिने भएको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकताको प्रमाणपत्र, बाहिरी जिल्लावासी भए बसाइँ–सराइको प्रमाणपत्र र बिहे गरी आएको भए विवाह दर्ताको प्रमाणपत्र आवश्यक पर्ने छ।

आवश्यकता अनुसार शैक्षिक प्रमाणपत्र, लालपुर्जा वा सवारी चालक अनुमतिपत्रका आधारमा पनि दर्ता गरिने छ। नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरूको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुने छ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।

फोटोसहितको मतदाता नामावली संकलनको लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनु पर्ने छ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले विशेष मतदाता नामावली संकलन कार्यमा स्थानीय स्तरमा प्रचार(प्रसार गर्न र सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.