No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा एक व्यापारी मृत फेला

गोकुलेश्वर। बैतडीमा एक व्यापारीको मृत फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन्।

pm office

उनको शव बिहीबार बिहान स्थानीयले देखेका थिए। प्रहरीलाई खबर गरेपश्चात इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा पुगेको छ। मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ।

टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ। मृतकको टाउको, छाति र शरिरका विभिन्न भागमा चोटपटक रहेकाले घटनाको सुक्ष्म ढंगबाट छानविन गरिनुपर्ने स्थानीयले माग गरेका छन्। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.