No.1 News Portal from Sudurpashchim Province
bajaj

डिबी ग्रुपले गोकुले मेलामा पानी र मास्क निशुल्क बाड्दै

गोकुलेश्वर। डिबी ग्रुप(दार्चुला-बैतडी युवा)ग्रुपले गोकुलेश्वर मेलामा निशुल्क रुपमा मिनरल वाटर र मास्क बितरण गरिरहेको छ ।

यहि फागुन ३ गतेदेखि महाशिवरात्रीको दिनदेखि दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा लागेको मेलामा डिबी ग्रुपले निशुल्क रुपमा पानी र मास्क बितरण गरिरहेको छ ।

मेलाको सुरुवाती दिनदेखी मेलाको बितरण गरिरहेको र मेलाको अन्तिम दिनसम्म सो कार्य निरन्तर रुपमा चलिरहने डिबी ग्रुपका संयोजक रबिन पालले बताए ।

मेला हेर्न आउने दर्सकहरुलाई तिर्खा पाग्दा पानी पिउन र धुलो माटोबाट बच्न मास्कको प्रयोग गर्न सकुन भन्ने हेतुले हामीले यस्तो कार्य गरिरहेको पालले बताए । धेरै मानिसहरुले ग्रुपले गरेको कामको प्रसंशा समेत गरेका छन ।

pm office

डिबी ग्रुपले यसअधी शैल्यशिखर नगरपालिका-२ देथला स्थित दुर्गा भगवती मन्दिरमा ११ थान डसना र सिरक बितरण समेत गरेको थियो ।

“समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवम् सुसंस्कृत समाजको निर्माण गर्नुपर्छ ।” संयोजक पालले भने,”हामी एउटा नयाँ समाज बनाउन चाहन्छौं । सुन्दर समाज बनाउन चाहन्छौं । मानिसको जीवन सुखी बनाउन चाहन्छौं । त्यसको लागि हाम्रो समाजमा जतिपनि विकृति र विसङ्गतीहरु छन् । छाडापनहरु छन् । त्यसलाई त्याग्नुपर्छ ।समाजमा हुने सबै गलत कार्यहरुको बिरोध र त्यसको सामाधान गर्ने हिसाबले ग्रुपको जम्न भएको हो ।”

सबै प्रकारका विकृतिको नियन्त्रण गर्दै देशलाई सुशासन र समृद्धितर्फ अभिमुख बनाउन समाजमा सबै प्रकारका सकारात्मक रूपान्तरण हुनु अत्यावश्यक रहेको पालको भनाइ छ।

‘एक वर्गले अर्को वर्गको आलोचना गरेर समस्याको समाधान सम्भव हुदैन । पालले भने,’ हामी जुनसुकै पेसावलम्बी भए पनि हाम्रो उत्पत्ति र विकास यही समाजमा भएको छ । त्यसैले सामाजिक रुपान्तरणका दिशामा हामी सबै प्रतिबद्ध हुनुपर्छ।’

आगामी दिनमा ग्रुपले दार्चुला बैतडीका विभिन्न ठाउहरुमा सचेतना फैलाउदै निम्न बर्गका जनताहरुले भोग्नुपरेको पिडा र त्यहाको समस्या बुझी सम्बन्धि निकायलाई ध्यानाकर्षण गराउदै ग्रुपको तर्फबाट हुने सहयोग गर्ने समेत गर्ने पालको भनाइ छ ।

साथै दार्चुला बैतडीका युवा साथिहरुलाई ग्रुपमा जोडिन समेत अनुरोध गरेका छन । सबै साथिभाइहरुको सुझाव सल्लाहलाई समेटेर ग्रुपले नयाँ नयाँ कार्यक्रमहरु गर्ने र ग्रुपलाई देशब्यापी रुपमा फैलाउने संयोजक पालको भनाई छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.