गोकुलेश्वर।सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले दार्चुला सदरमुकाम खलंगामा आयोजित जनप्रतिनिधि, कार्यालय प्रमुखहरुसंगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो चौमासिक फुर्सदमा बित्ने र आर्थिक वर्षको अन्त्यमा हतारमा हुने काम दिगो नहुने परिपाटी रहेकोले पहिलो चौमासिक देखि नै विकासे कामहरु स्थानीय, प्रदेश र संघीय सरकारले आपसी सहकार्य गर्दै पारदर्शी ढंगले गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

आइतबार गृह जिल्ला दार्चुला पुगेका मन्त्री धामीले सोमबार दिउँसो महाकाली नगरपालिकामा जनप्रतिनिधिहरुसंग भेटघाट गर्नुका साथै जिल्लाको विकास निर्माणका सवालमा समेत छलफल गरेको मन्त्री धामी स्वकिय सचिव रामदत्त जोशीले बताए।
दार्चुला बसाईको क्रममा नौगाडका बाढी पिडितहरुसंग भेटघाट तथा राहात वितरण गर्ने, विभिन्न स्थानीय तहमा नागरिक भेटघाट, स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीसंग भेटघाट गर्ने र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत जिल्लामा सञ्चालन भएका योजनाहरुको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको स्वकिय सचिव रामदत्त जोशीले बताए।



