गोकुलेश्वर्। दार्चुलाको शैल्यशिखर नगरपालिका-०९ गोकुलेश्वरमा पहिलो पटक स्किन चेकअप क्याम्प तथा परामर्श सेवा सुरु हुने भएको छ ।
यहि पुस १९ गते गोकुलेश्वर स्थित प्रभा व्युटी पार्लर एण्ड कस्मेटिक सेन्टरमा काठमाडौं आस्था क्लिनिकको विशेषज्ञ टोलीबाट स्किन चेकअप क्याम्प तथा परामर्श सेवा प्रदान गरिने प्रभा व्युटी पार्लरका सन्चालक राजेन्द्र साउदले बताए ।

उनका अनुसार परामर्श सेवाबाट अनुहारको स्किन चेकअप, चाया,पोतो,पिम्पल ,रिङ्कल लगायत सम्पुर्ण समस्याको सफल उपचार तथा परामर्श विशेषज्ञ टोलीबाट प्रदान गरिने छ ।
विशेषज्ञहरूद्वारा अनुहारको छालाको अवस्था जाँच गरिने छ ।चाया, पोतो, पिम्पल (डण्डीफोर), र रिङ्कल (चाउरी) लगायतका सम्पूर्ण समस्याहरूको परामर्श र उपचार गरिने छ ।
त्यसैगरि अनुहारमा भएका पुराना दागहरू, काटेको वा पोलेको घाउले बनेका खतहरू हटाई पहिलेकै अवस्थामा ल्याउने उपचार गरिनेछ। यसैगरि शरीरका विभिन्न भागमा भएका मुसा र कोठी हटाउने सेवा उपलब्ध हुने छ ।
९८६५७३५४४५ र ९८४८८४३७७६ मा फोन गरि समयमै नाम दर्ता गराई सिट सुरक्षित गर्न अनुरोध गरेको छ ।



