तिमी आफैमा
एउटा कबिता हौ,
शब्दको महासागर हौ,
तिमी मुस्कुराउँदा होस
वा
तिमी मौन भएर जम्दा होस्,
मैले तिमीलाई बगाईरहे,

तिम्रो शालिनतामा
तिम्रा गहिरा आँखाहरुमा
त्यो मुस्कुराईरहेको आकृतीमा
मैले लाखौं शब्दहरु केरिरहें,
साच्चै म कबिता लेख्थे वा
तिमीलाई केरमेट पारिरहन्थे?
बचेका छन जो शब्दहरु
मन रुपि शब्दकोष मा
केही जलेका छन, त केही निभेका
आउ लेखौ यिनै शब्द लाई समेटेर
एउटा अपुर्ण कबिता लेखौँ !!
मैले कोइ रोएको देख्दा
आफैलाइ सम्झन्छु,
सायद
कविहरु कहिल्यै रुदैनन् होला
या त रोएकाहरु कवि हुँदैन् ।



