No.1 News Portal from Sudurpashchim Province
bajaj

रोपाइँका मैना !

जुरआमा भोलिब्यानै, गहुँ रोटी पकाउनी !!
गजुवा र तिलुवा बल्ल, खोलानी लगाउनी !!

चन्न भैंसि दिन्या हुन्थ्यो, घिउ पकाउथ्या इजा !!
घिउ गुड मिलाइ बर, सातै मौलाइ सिजा !!

गाडामा पानीकि ताल, बिउ गाड्डाका दिन !!
इचली डिणलो लाउन्या, काका थ्या सौकिन !!

ब्यान्नलै बल्लकि लेख, जोगायाको घास !!
गजुवा बल्ल थाहा हुन्थ्यो, रोपाइँको अतास !!

pm office

गहुँका गेडा गुडका भाग, कति मिठा हुन्थ्या !!
रोप्दा गाडा सकि बर, सबै संगै खान्थ्या !!

मयाबल्लु पाछा पाछा हलो जोत्न्या आघा !!
रोप्ना गाडा रोप्द्यानुको, कति राम्रो भाका !!

पल दादा हलिया हुन्थ्यो,भौति हुन्थ्या बौस !!
रोप्दा गाडा बिउ फाल्लाकि, कति हुन्थी हौस !!

अर्म पर्म हुन्थ्यो गाँउको, मिलन्थ्यो संस्कार !!
कुलाका पानीको पालो, मिलाउन्थ्या दिनबार !!

उन दिन कति रहर हुन्थि, हिलोमा खेल्लाकि !!
रितिथिति हराउन लागि, जोगाउन मिल्लाकि !!

विष्णु जोशी ‘अँठोला’
शैल्यशिखर नगरपालिका—७ बोहरिगाँउ हाल शैल्यशिखर नगरपालिकामा सहायक चौंथो पदमा कार्यरत ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.