गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका १ बलाचमा संचालित शैल्यशिखर नगरपालिका स्तरीय छैंटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

गत शनिबारबाट नगरपालिकाको वडा नम्बर १ स्थित कृष्ण माध्यमिक विद्यालय बलाँचको खेलमैदान सञ्चालन भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
छैंटौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वडा नम्बर ९ मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालय गोकुले प्रथम भएको छ । त्यस्तै प्रतियोगितामा पशुपति भवन माध्यमिक विद्यालय ग्वानी द्धितीय र सत्यप्रकाश माध्यमिक विद्यालय देथलाले तृतीय स्थान प्राप्त गरेको नगर खेलकुद विकास समिति अध्यक्ष महेश भण्डारीले जानकारी दिए ।




