
गोकुलेश्वर । दार्चुलाको शैल्यशिखरमा एक महिला आफ्नै घरमा मृत फेला परेकि छन् । शैल्यशिखर नगरपालिका वडा नम्बर ८ देवल बस्ने ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार (आज) बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
घरमा एक्लै बस्दै आउनु भएकी जोशीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार घरमा एक्लै बस्दै आउनु भएकी महिला मृत फेला परेको खबर विहान ९ बजेतिर प्राप्त भएको थियो। खबर पाएपछि प्रहरी निरीक्षक निरजसिंह भाट सहितको टोली अहिले घटनास्थलमा रहेको छ।
मृत फेला परेकी जोशीको हत्यापछि सुनका गरगहना लुटपाट गरिएको बताइएको छ ।



