No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखर नगर स्तरिय छैटौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बलाचमा सुरु

गोकुलेश्वर । स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ शैल्यशिखर नगरपालिकाको आयोजनामा छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को समुद्घाटन गरिएको छ ।

शैल्यशिखर नगरपालिका स्तरिय छैटौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शैल्यशिखर नगरपालिका -१ बलाचमा सुरु भएको हो ।

pm office

नगरप्रमुख विजय सिह धामीको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख शान्ती खडायतको विशिष्ट आतिथ्यता तथा नगर खेलकुद विकाश समितिका अध्यक्ष महेश सिह भण्डारीको सभाध्यक्षतामा प्रतियोगिताको उद्घाटन समारोह सम्पन्न भएको हो।

प्रतियोगितामा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ।

४ दिन सम्म सन्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्ट्स विधाका खेलहरू समावेश गरिएका छन्।

समारोहमा स्थानीय झाँकी लगायतका कार्यक्रम प्रस्तुत गरिएको थियो, जसले कार्यक्रमलाई थप भव्य बनाएको थियो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.