No.1 News Portal from Sudurpashchim Province
bajaj

आजदेखि मौसममा क्रमिक सुधार आउने

गोकुलेश्वर । आजदेखि मौसममा क्रमिक सुधार आउने भएको छ । देशका धेरै ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

pm office

महाशाखाका अनुसार आज केही ठाउँमा बदली भएपनि त्यो दिन भर नरहने र धेरै ठाउँमा घाम लाग्नेछ । हिजो कतैकतै छिटपुट वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो । बदलीसहित केही ठाउँमा वर्षा र हिमपात गराएको प्रणाली कमजोर भइसकेको मौसमविद्ले बताएका छन् ।

 

तर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज पनि बागमती र गण्डकी प्रदेशलगायत पहाडी र हिमाली क्षेत्रमा बिहान बादल लागेको छ । आज दिउँसोसम्म तराइ क्षेत्रका केही ठाउँमा हुस्सु तथा कुहिरो कायमै रहनेछ । यो महिना माघलागेयता देशका पश्चिम र उच्च क्षेत्रमा तेस्रो पटक हिमपात र वर्षा भएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.