No.1 News Portal from Sudurpashchim Province
bajaj

दुर्घटना न्यूनीकरणका लागि गोकुलेश्वरमा ट्राफिक सप्ताह सुरु

गोकुलेश्वर । दार्चुलाको गोकुलेश्वरमा सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८२” मनाउदै छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर र अस्थायी ट्राफिक प्रहरी गोकुलेश्वरको आयोजनामा र स्थानीय प्रहरी, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा साताव्यापी रूपमा विविध ट्राफिक चेतनामूलक कार्यक्रम गरी ट्राफिक सप्ताह मनाउन लागिएको हो ।

इप्रका गोकुलेका इन्चार्ज एवम् प्रहरी निरीक्षक निरज सिह भाट र अस्थायी प्रहरी पोस्ट गोकुलेश्वरमा कार्यरत ट्राफिक प्रहरी सुरेश बिस्ट लगायत अन्य प्रहरी कर्मचारी, सवारी चालक ,विद्यार्थी लगायत अन्य स्थानियको सहभागितामा गोकुलेश्वरमा आज (सोमबार) औपचारिक कार्यक्रम गरेर ट्राफिक सप्ताहको सुरु गरिएको हो ।

pm office

एक हप्तासम्म निरन्तर चल्ने यस कार्यक्रममा चालक, परिचालक, पैदलयात्री,विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रमहरू रहेको र साताव्यापी सञ्चालन हुने यस कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी बिस्टले बताए ।

अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक सङ्केत वा इशाराको उल्लङ्घन, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको उनले बताए ।

यस्तै सडकको अवस्था, सवारी साधनको खराब अवस्था र सवारीको यान्त्रिक गडबडी र सडक प्रयोगकर्तामा ट्राफिक नियमको पर्याप्त ज्ञानको अभाव पनि सवारी दुर्घटनाका कारण बनेकाले सडक सुरक्षा तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक सप्ताहको आयोजनाले सवारी दुर्घटना न्युनिकरणमा सहयोग गर्ने छ ।

‘विविध कारणले दुर्घटना हुने र जनधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यअनुसार ट्राफिक सप्ताह गर्न लागिएको हो । जहाँ ट्राफिकसम्बन्धी जनचेतना फैलाउने काम गरिन्छ,’ इप्रका गोकुलेका इन्सपेक्टर भाटले भाटले भने ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.