No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिममा २१० जनाले गराए मनोनयन दर्ता

गोकुलेश्वर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन्।

 

pm office

सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए। प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

 

कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका प्रवक्ता भाटले जानकारी दिए। त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नंं १ मा १९ जना, कञ्चनपुर–२ मा १९ र कञ्चनपुर–३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

 

अछाम क्षेत्र नं. १ मा ८ र अछाम २ मा ९ जनाले मनोनयन दर्ता गरेका छन्। निर्वाचन कार्यालयका अनुसार डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन्। कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.