No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरले गर्यो इप्रका गोकुलेलाई ब्रेथलाईजर मेसिन हस्तान्तरण

गोकुलेश्वर ।दार्चुलाको शैल्यशिखर नगरपालिकाले इप्रका गोकुलेलाई दुइ थान ब्रेथलाईजर मेसिन खरिद गरि हस्तान्तरण गरेको छ्।

आइतबार (हिजो) नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिस्टले इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवम् प्रहरी निरीक्षक निरज सिह भाटलाई दुइ थान ब्रेथलाईजर मेसिन हस्तान्तरण गरेका हुन ।

अब गोकुलेश्वर लगायत आसपासका क्षेत्रमा सवारी चालकले मादक पदार्थ सेवन (मापसे) गरे नगरेको जाँच हुने भएको छ ।

नगरपालिकाले (मापसे) परिक्षण गर्ने ब्रेथलाईजर मेसिन उपलब्ध गराएसँगै अब मापसे परिक्षण हुने भएको हो ।

pm office

सवारी चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गरे नगरेको परिक्षण गर्न र दुर्घटना न्यूनिकरणका लागि दुई थान ब्रेथलाईजर मेसिन खरिद गरि इप्रका गोकुलेलाई हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिस्टले बताए ।

उनले यसले दुर्घटना नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै ट्राफिक सुरक्षाका लागि नगरपालिका आगामी दिनहरूमा अझ प्रभावकारी ढंगमा सहकार्य गर्न तयार रहेको समेत जानकारी गराए ।

सवारी चालकले सवारी चलाउँदा मादक पदार्थ सेवन गरे नगरेको परिक्षण गर्न ,दुर्घटना न्यूनिकरणका र मापसेका कारण हुने सवारी दुर्घटना न्युनिकरण गर्न ब्रेथलाईजर मेसिनले ठुलो सहयोग हुने इन्सपेक्टर भाटको भनाइ छ ।

मदिरा सेवन गरेर सवारी साधन चलाउने चालकलाई नियन्त्रण तथा कारवाही गर्नका लागि ब्रेथलाईजरको आवश्यकता बुझेर नगरपालिकाले सहयोग गरेकोमा इन्सपेक्टर भाटले नगरपालिका प्रति धन्यवाद व्यक्त गरेका छन ।

गोकुलेश्वरमा ट्राफिक प्रहरीलाई मापसे परिक्षण गर्ने ब्रेथलाईजर मेसिनको अभाव थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.