गोकुलेश्वर । दार्चुलामा भिरबाट लडेर विरभान सिह महताको ज्यान गएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नं–१ इयरकोटका विरभान सिह महताको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । निगालोको चोया निकाल्न गएका ७६ वर्षिय महताको सल्याडी भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

फागुन ६ गते निगालोको चोया निकाल्न भनि घरबाट गएका महता धेरै दिनसम्म पनि घर नआएपछि उनको परिवारले प्रहरीमा खोजीकार्यका लागि निवेदन समेत दिएका थिए । त्यसपछि प्रहरी र स्थानीयहरुले खोज्दैजादाँ बुधबार हिजो महताको शव सल्याडी भिरमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अहिले उनको शवलाई जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरी शवगृहमा राखिएको छ । शुक्रबार भोली मात्रै शवलाई आफन्तको जिम्मा लगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



