गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिकामा गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

लेकम गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ स्थित कृष्ण मावि लालीको खेलमैदानमा बुधबार (आज) एक समारोहका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो । आजदेखि सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका भरिका जम्मा १० वटा सामुदायिक माध्यमिक विद्यालयको सहभागिता रहेको लेकम गाउँपालिकाले जनाएको छ ।
लेकम गाउँपालिका खेलकुद विकास समितीका संयोजक एवंम शिक्षा शाखा अधिकृत केशवराज ओझाको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।
शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा छात्र – छात्रा दुबैतर्फ एथ्लेटिक्स, कबड्डी, भलिबल लगायतका खेल समावेश गरिएको बताइएको छ ।



